कलैया, मधेश प्रदेशमा तत्काल सरकारको नेतृत्व परिर्वतन नहुने भएको छ ।शुक्रबार बालुवाटारमा भएको छलफलमा जनता समाजवादी पार्टी ९जसपा०का सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति जुटेको हो ।सत्तारुढ गठबन्धनका दलहरुले उपचुनावअघि भएको सहमतिअनुसार मुख्यमन्त्री छाड्न दबाव दिएका थिए ।नेताहरुका अनुसार १० वैशाखको उपचुनावपछि शीर्ष तहमा भएको छलफलमा जसपाले मुख्यमन्त्री छाड्ने सहमति भएको थियो ।
तर जसपाले मुख्यमन्त्री छाड्न चाहेन, बरु यादव नेतृत्वकै सरकारमा आउन अरु दलाई प्रस्ताव गरेको थियो । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले भने पूर्वसहमति अनुसार मुख्यमन्त्री फेरिनुपर्ने बताएका थिए ।तर शीर्ष नेताहरुको उपस्थितिमा लगातार दुई दिन भएको छलफलमा तत्काल जसपा नेतृत्वको सरकारलाई निरन्तरता दिने सहमति भएको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले बताए । उनले अघि भने, ‘कसले कति र कहिले नेतृत्व गर्ने विषयपछि गठबन्धनको बैठक बसेर टुंग्याउने निर्णय भएको छ ।’उनकाअनुसार तत्काल यसै प्रदेश सरकारमा कांग्रेस, लोसपा र नेकपा एकीकृत सहभागी हुन्छन् ।मन्त्रालय भागवण्डाबारे सहमति खोज्ने जिम्मा भने प्रदेशकै नेताहरुलाई दिइएको मधेस प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए । उनका अनुसार आइतबार बिहान ११ बजे जनकपुरमै गठबन्धन घटक दलका संसदीय दलका नेताहरुको बैठक बसेर मन्त्रालय टुंग्याइने छ ।गठबन्धन फेरिएसँगै २२ चैतमा एमालेले सरकार छाडेको थियो, तर कांग्रेस, लोसपा र एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी भएका छैनन् ।मुख्यमन्त्रीसहित ११ मन्त्रालय मधेश प्रदेश सरकारमा एमालेले छाडेको चार मन्त्रालय खाली छ । जसपाले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय जसपा लिएको छ भने जनमत पार्टीले दुईवटा र माओवादी केन्द्रले एउटा मन्त्रालय लिएको छ ।

Leave a Reply