वीरगञ्ज,प्रहरीले पर्साबाट प्रतिबन्धित लागुऔषध र ठूलो परिमाणमा चरेस बरामद गरेको छ ।प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ मनियारी टोल बस्ने देवेन्द्र यादवको खेतबाट लागुऔषध र जिल्लाको जिराभवानी गाउँपालिकाबाट चरेस बरामद गरेको हो ।स्थानीयले दिएको सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षक धर्मजंग थिङको कमाण्डमा खटिएको प्रहरी टोलीले यादवको खेतमा पहेलो रंगको दुई वटा बोराभित्र लुकाईछिपाई राखिएको अवस्थामा लागुऔषध बरामद गरेको हो ।बोराभित्रबाट लागुऔषध डाईजिपाम दुई हजार ३ सय ३५ एम्पुल, नुर्फिन तीन हजार १ सय ६९ र फेनारगन तीन हजार ४ सय ११ एम्पुल गरी जम्मा ८ हजार ९ सय १५ एम्पुल फेला पारेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारबिक्रम थापाले जानकारी दिनुभयो ।बरामद लागुऔषध विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।त्यसैगरी पर्सा प्रहरी लागुऔषध चरेशसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ मा रहेको चमरीपुलबाट ३२ किलोग्राम चरेससहित एकजनालाई पक्राउ गरेको हो ।विशेष सूचनाको आधारमा पर्सा प्रहरीको टोली नेपालबाट भारततर्फ गइरहेको अवस्थामा जाँचको क्रममा ६४ वटा पोकामा रहेको लागुऔषध चरेस बरामद गरेको हो ।प्रहरीले चरेससहित ठोरी गाउँपालिकाको विजयबस्तीका क्षेत्रबहादुर श्रेष्ठलाई पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिनुभयो । श्रेष्ठको साथबाट बरामद गरिएको मोटरसाइकलको नम्बर भने अनुसन्धानका लागि गोप्य राखिएको प्रहरी भनाइ छ ।पक्राउ परेका श्रेष्ठलाई चरेस र मोटरसाइकलसहित अहिले जिल्ला प्रहरी कार्यालयमा पर्सामा राखिएकोछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here