कलैया,गढीमाई पञ्चवर्षीय मेलामा पसल र व्यवसाय गर्नेहरुको लागि मेला व्यवस्थापन समितिले भाडामा जग्गा वितरण गर्नेभएको छ ।समितिका प्रवक्ता विकास सिंहले दिएको जानकारी अनुसार पसल र स्टल राख्न चाहने व्यवसायीहरुको लागि बुधवारबाट जग्गाको लागि फारम वितरण हुने र आगामी मंसिर १ गतेबाट जग्गा वितरण गरिने छ । उहाँले जग्गाको दर रेटको बारेमा भने आगामी मंसिर १ गतेपछि मात्रै निर्णय हुने जानकारी पनि दिनुभयो । मेलामा ३ हजारभन्दा बढी पसल र स्टलहरु बस्ने अनुमान गरिएको छ ।

यसैबीच मेलाको सूचना प्रविधि अधिकृतको पदमा प्रतिष्ठित आईटी कम्पनी डाइनामिक टेक्नोसफ्ट प्रा.लि.का प्रबन्ध निर्देशक दिपक साह नियुक्त हुनुभएको छ । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूसँग आईटी सोलुसन र प्रविधि व्यवस्थापनमा उत्कृष्ट योगदान गर्दै आइरहेका साहले सूचना प्रविधि क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएको छ ।
मेला व्यवस्थापन समितिका अनुसार, साहको नियुक्तिले मेलामा सूचनाको प्रवाह तथा सुरक्षा प्रणालीलाई प्रविधिको उच्चतम प्रयोगद्वारा प्रभावकारी बनाउन थप मद्दत पु¥याउने अपेक्षा गरिएको छ । गढीमाई मेला विश्वकै विशाल धार्मिक उत्सवहरूमध्ये एक हो, जहाँ लाखौँ भक्तजन र श्रद्धालुहरूको उपस्थिति रहने गर्दछ । साहले मेलाका लागि डिजिटल सूचना प्रणाली स्थापना गर्दै आगन्तुकहरूलाई सूचना प्रवाहलाई व्यवस्थित गर्ने योजना बनाइसकेको बताइएको छ ।

Leave a Reply