वीरगञ्ज,बीरगञ्जका मेयर राजेशमान सिंह विरुद्ध आइतवार पनि बीरगन्जमा प्रदर्शन भएको छ ।फर्जीको विवरणको आधारमा अरुको छोरीलाई आफ्नो छोरी बनाएको र कारबाहीको माग गर्दै वीरगञ्जमा प्रदर्शन भएको छ । महानगरको वडा नम्बर ३ ले झुटो विवरण बनाएर नागरिकता दिलाएको भन्दै सचेत नागरिक समाज वीरगञ्जले वडा कार्यालय अगाडि प्रदर्शन गरेको हो ।प्रदर्शनकारीहरुले पर्साका सीडीओलाई ज्ञापनपत्र समेत बुझाएका छन । भुटो विवरण पेस गरी अरुको छोरीलाई आफ्नो छोरी बनाइ नागरिकता दिलाएको भन्दै नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ का क्षेत्रीय समितिले यसअघि पनि ज्ञापन पत्र बुझाएको थियो । क्षेत्रीय सचिव रञ्जित पटेलले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई ज्ञापनपत्र बुझाउनुभएको हो ।वीरगञ्जका मेयर राजेशमान सिंह र रुविना श्रेष्ठविरुद्ध गएको मंगलवार जाहेरी परेको थियो ।
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले ज्ञापनपत्र बुझ्दै चाडो भन्दा चाडो कानुनी प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता जनाउनुभएको छ । यसैबीच दोहोरो नागरिकताबारे छानविनको माग गर्दै आइतवार नै प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई पनि ज्ञापनपत्र बुझाइएको छ । राष्ट्रिय बजरंग दल र नेपाल विश्व हिन्दू महासंघले दोहोरो नागरिकताको छानविनका लागि टोली गठन गर्न प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग माग गरेका हुन् ।

Leave a Reply