सिमरा,पथलैया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा सुरेशकुमार लामाको प्यानल निर्वाचित भएको छ ।समितिको २५औं साधारणसभाले सर्वसम्मत् नेतृत्व चयन गर्न नसकेपछि शनिवार भएको मतदानमा लामा नेतृत्वको प्यानल निर्वाचित भएको हो ।निर्वाचनमा लामा र अर्का उम्मेदवार खिलबहादुर कार्कीले प्यानल बनाएर चुनाव लडेका थिए भने राजकुमार डिमडुङ्गले पनि अध्यक्ष पदमा एकल उम्मेदवारी दिनुभएको थियो । अध्यक्ष पदका लागि तीन जनाबीच भएको प्रतिस्पर्धामा लामा कार्कीसंग ७८ मतको अन्तरमा विजयी हुनुभएको हो । लामाले २ सय ७९ मत प्राप्त गर्दा कार्कीले २ सय १ मत प्राप्त गर्नुभयो ।यसैगरी अध्यक्षका एकल उम्मेदवार डिमडुङले ७८ मत पाउनुभएको छ । उपाध्यक्ष पदमा लामा प्यानलका तोयानाथ खनाल निर्वाचित हुनुभयो । उहाँले ३ सय २२ मत प्राप्त गर्दा अर्का प्रत्याशी टिकादास मुल्मीले १ सय ९५ प्राप्त गर्नुभएको छ ।११ सदस्यीय कार्यसमिति चयनका लागि भएको निर्वाचनमा किरण आलेमगर ३ सय ६५ मत प्राप्त गर्दै सचिव पदमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी गौतम अधिकारीले १ सय ६७ मत प्राप्त गर्नुभएको छ ।यसैगरी कोषाध्यक्ष पदमा लाक्पा ग्याबु शेर्पाले ३ सय ३४ मत प्राप्त गर्दा अर्जुन लम्सालले १ सय ९१ मत पाउनुभयो । सहसचिव पदमा खड्कराज तामाङ ३ सय २० मतका साथ विजयी हुनुभयो भने प्रतिव्दन्दी दीपक बाँस्कोटाले १ सय ३९ र एकल उम्मेदवार सन्तोष कार्कीले ७० मत पाउनुभएको छ ।निर्वाचनबाट सदस्य पदमा दीप राई (३४६), प्रेमबहादुर लामा (३४४), दीपेन्द्रकुमार श्रेष्ठ (३३४), पार्वती श्रेष्ठ (३२७), लक्ष्मी भट्ट (३३२) र एकमाया जिम्बा (३२२) निर्वाचित भएका छन् ।कुल ६ सय ४३ मतदातामध्ये निर्वाचनमा ५ सय ७३ मत खसेको थियो । निर्वाचित पदाधिकारी र सदस्यलाई एक कार्यक्रमकाबीच पद तथा गोपनीयताको सपथ ग्रहण र प्रमाणपत्र वितरण गरिने प्रमुख निर्वाचन अधिकृत शंकरकुमार आचार्यले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here