बिदुर खडका

डुमरवाना,नेपाल राहत शिक्षक केन्द्रीय कार्यसमितिका महासचिव कुमार बजगाईले नेपाल शिक्षक महासंघ भनेको पार्टीका झुन्ड र झोलेहरुको समुह मात्रै रहेको आरोप लगाउनुभएको छ ।शिक्षक महासंघले सम्पुर्ण शिक्षकहरुको माग पुरा नगरी आफनो स्वार्थ अनुरुप सरकारसंग भएको वार्तामा सहमति गरेर शिक्षकहरुलाई धोका दिएको र आन्दोलन फिर्ता लिएको बजगाईको आरोप छ । देशभरका संम्पुर्ण शिक्षकहरुले विभिन्न माग राखेर राजधानी काठमाण्डौं केन्द्रित आन्दोलन चलिरहेको बेला शिक्षक महासंघले सरकारसंग बार्ता गरि आन्दोलन फिर्ता लिएपछि महासचिव बजगाईले यस्तो आरोप लगाउनु भएको हो ।राहत, बाल विकास तथा विद्यालय कर्मचारीसहित ४० हजार शिक्षकहरुको जायज मागलाई संम्बोधन नगराई महासंघले आफनो स्वार्थ अनुरुप सरकारसंग सहमति गरेकोप्रति बजगाइले आपत्ति जनाउनुभएको हो ।पार्टीका केही झोले र अवसरवादी शिक्षकहरुले आन्दोलन बीचैमा छाडेर भागेकाले आफूहरुले अझै सशक्त आन्दोलन शुरु गर्ने बजगाई बताउनुहुन्छ ।यसैबीच सरकार र नेपाल शिक्षक महासंघबीच शुक्रवार भएको सहमतिमा असन्तुष्ट राहत शिक्षकले आइतवार संघीय राजधानी काठमाण्डौंमा प्रदर्शन गरेका छन् ।सरकारसँग ६ बुँदे सहमतिपछि महासंघले शुक्रवारबाट नै आन्दोलनका सबै कार्यक्रम अन्त्य गर्दै पठनपाठनका लागि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । तर राहत शिक्षकहरुले भने आफ्ना मागमा वास्ता नगरिएको भन्दै आन्दोलन जारी राख्ने निर्णय गरेका हुन् ।राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले माग पूरा नभएसम्म विद्यालय नफर्कने र काठमाडौंमै आन्दोलन जारी राख्ने बताउनुभएको छ । देशभर ४० हजार राहत शिक्षक कार्यरत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।शिक्षक महासंघले राहत, साविक उमावि, अस्थायी÷करार, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धारलगायत अस्थायी रूपमा कार्यरत शिक्षकलाई दरबन्दी कायम गरी शत प्रतिशतलाई आन्तरिक प्रतिस्पर्धाका आधारमा स्थायी गर्ने सुनिश्चित गरिनुुपर्ने माग अघि सारेको थियो ।सरकारसँग भएको सहमतिमा यस्ता शिक्षकमध्ये ७५ प्रतिशतलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने उल्लेख छ । राहत शिक्षक अध्यक्ष अधिकारीले २०७३ सालअघिका शिक्षकलाई शतप्रतिशत र त्यसपछिका लागि ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने सहमतिको मस्यौदा तयार भए पनि अन्तिममा तोडमोड गरिएको दाबी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here