कृपा संवाददता
बिरगंज – बिरगज महानगरपालिका वडा नम्बर २१ मा संचालन रहेको हक्स पावर नेपालमा वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले शुक्रबार कम्पनीमा अनुगमन गरेको छ । वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रबाट आएका ईन्जिनीयर प्रतिमा केसी तथा प्रशासकीय अधिकृत सृजना पाण्डेको टोलीले अनुगमन गरेको हो । सिमा गुप्ताले संचालन गरेको हक्स पावर नेपालले उत्पादन गर्ने सुधारिएको चुल्हो उद्योगमा वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रबाट आएका टोलीले अनुगमन गरेका बारे उद्योगका प्रबन्ध निर्देशक मनोग गुप्ताले जानकारी दिए ।
उद्योगबाट उत्पादित चुलो इसिमोडको प्रयोगशालाबाट पास भएका ७ चुलो मध्ये एक चुल्हो हक्स पावर नेपालले उत्पादन गर्दै आएको छ । उद्योगले उत्पादन गरेको चुल्हो दाउरा, गुइँठा र पिलेट बाल्न सकिने तथा सुकेको जुनसुकै बायोमास प्रयोग गरेर खाना पकाउन, आगो ताप्न र सेकुवा आदि पकाउन सकिने उद्योगका प्रबन्ध निर्देशक गुप्ताले जनाए ।
उद्योगबाट उत्पादित चुलोले वन मन्त्रालयबाट जलबायु परिवर्तन व्यवस्थापन पुरस्कार, वर्ल्ड कन्फेडेरेशन अफ बिजनेश हस्टन टेक्सास अमेरिकाबाट बिजनेश एक्सीलेन्स सर्टि्फिकेट २०१८, द हाउस अफ पार्लियामेन्ट लन्डनबाट ग्रिन एप्पल अवार्ड २०१९ प्राप्त गरेको गुप्ताले बताए ।