फूलै फूलको पर्वको रुपमा परिचित नेपालीहरुको दोश्रो ठूलो पर्व तिहार अथवा दीपावली आजबाट नेपालीहरुको घर आँगनमा भित्रिएको छ । दशैं लगत्तै आउने दीपावलीलाई यमपंचक पनि भन्ने गरिन्छ । धार्मिक र सांस्कृतिक रुपमा यो पर्वको महत्व परापूर्वकालदेखि रहदै आएको छ । दिदी बहिनी र दाजुभाइबीचको सम्बन्धलाई बलियो बनाउनका लागि यो पर्वले निर्वाह गरेको भूमिका निकै महत्वपूर्ण छ ।

त्यसो त अघिल्ला केही बर्ष कोरोना भाइरसका कारण भने जसरी नेपालीहरुले तिहार पर्व मनाउन पाएनन् तर यसपाली भने कोरोनाको त्रास खासै छैन यद्यपी डेंगीको प्रकोप भने बढेको देखिन्छ । डेंगी र कोरोना फरक प्रकारका रोग भएकाले डेंगीबाट जोगिन लामखुट्टेसंग सचेत रहेको खण्डमा मात्रै पनि पुग्छ । त्यसैले पनि पछिल्लो दुई बर्षपछिको तिहार अलि महत्वपूर्ण छ ।

उसो त मंसिर ४ गते चुनाव पनि हुदैछ । चुनावको मुखैमा मनाइने चाडवाडको पनि अर्थ हुने गर्दछ । अहिले बिभिन्न ठाउमा उम्मेदवारहरुहरु भोट माग्नका लागि व्यस्त रहेको अवस्थामा तिहारमा देउसी भैलो खेल्दा पनि चुनावकै प्रचारको शैली अपनाउदा पनि उचित होला । जे भए पनि दीपावली २०७९ साल हाम्रो घर आँगनमा भित्रिएकाले तिहार सबै नेपालीहरुका लागि महत्वपूर्ण बनोस् हामी हाम्रा समस्त शुचचिन्तक तथा पाठकबर्गमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।

Leave a Reply