बारा । कोल्हबी नगर उद्योग वाणिज्य संघको निर्वाचन अन्तर्गत ३०० वटा मतपत्र गणना सकिँदा विभिन्न पदमा प्रतिस्पर्धी उम्मेदवारहरूबीच रोचक नतिजा आएको छ । अब ४१ मत मात्रै गणना गर्न बाँकी छ ।

अध्यक्ष पदतर्फ राम प्रसाद प्रसाईंले १५७ मतसहित अग्रता कायम गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी लक्ष्मी प्रसाद साह कलवारले ९१ मत पाएका छन् भने प्रमोद साहले ४९ मत प्राप्त गरेका छन् ।
वाणिज्यतर्फ उपाध्यक्ष पदमा प्रेम नारायण चौधरीले १८३ मत पाएर अग्रस्थानमा छन् । प्रहलाद साह तेलीले ९८ मत र कैलाश साह तेलीले १५ मत ल्याएका छन् ।
उद्योगतर्फ उपाध्यक्षमा कडा प्रतिस्पर्धा देखिएको छ । रमेश विश्वकर्माले ११६ मत ल्याएका छन् भने विनोद साहले १०४ मत पाएका छन् । धनी शंकर ७३ मतमा सीमित छन् ।
महासचिव पदमा हरिओम कुमार साहले १७० मतसहित अग्रता बनाएका छन् भने शम्भु साह कलवारले १२१ मत ल्याएका छन् ।
कोषाध्यक्ष पदमा भने निकै चर्को प्रतिस्पर्धा देखिएको छ । प्रेम कुमारी चौधरीले ११३ मत ल्याएर अग्रता लिएकी छन् भने राजु लामाले १०७ मत ल्याएर नजिकै पछ्याइरहेका छन् । राजन कुमार जैसवालले ७१ मत प्राप्त गरेका छन् ।
सचिव पदमा बिरेन्द्र गुप्ता १३९ मतसहित अघि छन् । उनका प्रतिद्वन्द्वी सुनिल कुमार साहले ७८ र राजकुमार साहले ७३ मत ल्याएका छन् ।
उद्योगतर्फ सदस्य पदमा सुबास मैनाली १४८ मतसहित अग्रता लिएका छन् भने सुरेश कुमार दासले १३८ मत ल्याएका छन् ।
















