निर्वाचन आयोगले स्थानीय तहको चुनावलाई लक्षित गरी आचारसंहिता जारी गरेको छ । अब स्थानीय तहको चुनाव आउनका लागि पनि धेरै दिन बाँकी छैन । करिब एक महिनाको समय बाँकी रहदाँ निर्वाचन आयोगले दलहरुका लागि लक्षित गरी आचार संहिता जारी गरेको हो । यद्यपि यो आचार संहितकै विषयमा भने वहस हुने गरेको छ ।
अझै वहस भन्दा पनि दलहरुले आचारसंहिता कार्यान्वयन गरेको विगतको इतिहास छैन । आचारसंहिता एकदमै कम मात्रामा मात्रै कार्यान्यवन भएको पाइन्छ । यसपाली निर्वाचन आयोगले कडाइ पनि गरेको छ । विगतबाट पाठ सिकेर आयोगले यो नीति लिएको होला । तर यसपाली पनि कत्ति यसको कार्यान्वयन हुन्छ भन्ने कुरा चाही हेर्न बाँकी छ ।
किनभने सामाजिक संजालको अहिले प्रयोग एकदमै धेरै छ । सामाजिक संजाल व्यक्तिमा निहित भएकाले पनि यसको निगरानी र कारबाही कसरी गर्ने भन्ने प्रश्न तेर्सिएको छ । यसको निगरानीले आचारसंहिता कार्यान्वनका लागि सहज त होला तर नियमन कसरी गर्ने भन्ने कुरा बढी जटिल छ । विगतमा भने यस्तो निकै कम भएको पाइएको थियो ।