सिमरा,खाद्य स्वच्छता कायम गर्नका लागि बाराको पथलैयामा खाद्य स्वच्छता अभिवृद्धि कार्यक्रमको आयोजना गरिएको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, वीरगञ्ज पर्साको आयोजना तथा होटल तथा पर्यटन व्यवसायी सँघ बाराको समन्वयमा स्ट्रिट फुडको खाद्य स्वच्छता अभिवृद्धि कार्यक्रमको आयोजना गरिएको हो ।चिया पसल, चटपटे तथा ठेलाका साथै होटल व्यवसाय गर्नेहरुले पाँचवटा कुरामा ध्यान दिनुपर्ने कार्यक्रममा जानकारी गराइएको थियो । विशेष गरी आफ्नो चिया, चटपटे तथा ठेला पसल सफा राख्नुपर्ने, आफ्नो व्यक्तिगत सरसफाइ साथै भान्सा, भाँडाकुँडा सफा राख्नुपर्ने कुरामा जोड दिइएको थियो ।यसैगरी स्वच्छ पानी स्वच्छ खाद्य पदार्थमा जोड दिनुपर्ने, खाद्य सामग्री राम्ररी पकाउनुपर्ने, पकाएको र नपकाएको छुट्टै राख्नुपर्ने साथै पकाएको खाद्य सामग्रीलाई उचित व्यवस्थापन गर्नुपर्नेजस्ता कुरामा जनचेतना जगाइएको थियो ।कार्यक्रमका वक्ताहरुले पथलैया पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथको संगम विन्दु भएकोले यो बाटो भएर धेरै यात्रु ओहोरदोहोर गर्ने, पथलैयामा रात्रीकालिन होटल चल्ने भएकाले यात्रुहरुको स्वास्थ्यलाई ध्यानमा राखेर व्यापार व्यवसायअघि बढाउन व्यवसायीहरुलाई सुझाव दिएका थिए । खाद्य स्वच्छताको पाटोमा ध्यान पु¥याउन सक्ने हो भने पथलैयालाई पर्यटकीय हवका रुपमा विकास गर्न सजिलो हुने वक्ताहरुको धारण थियो ।खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, वीरगञ्ज पर्साका खाद्य अधिकृत सुरेशकुमार सिंहको अध्यक्षता तथा जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघका नगर अध्यक्ष मोहन शर्मा लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको थियो ।

Leave a Reply