काठमाण्डौं,यस वर्षको फागु पूर्णिमा आइतवारबाट विधिवत रुपले सुरु भएको छ ।काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याइएसँगै यस वर्षको होली अर्थात् फागु पूर्णिमा विधिवत रुपले सुरु भएको हो ।आइतबार बिहान रङ्गीविरङ्गी कपडाले बनेको ध्वजासहितको तीन खण्डे चीर बसन्तपुर दरवार क्षेत्रमा ठड्याइएको छ । चीर ठ्ड्याउन नेपाली सेना र काठमाडौँका मानन्धर समुदाय लगायतको उपस्थिति रहेको थियो । चीर ठड्याएसँगै राजधानीलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरू भएको मानिन्छ ।
यसवर्ष काठमाडौं लगायत पहाडी तथा हिमाली जिल्लाहरूमा चैत ११ गते र तराई मधेसका जिल्लाहरूमा चैत १२ गते होली पर्व परेको छ । होली पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।


















