सिमरा,सिमरा फिटनेस जिमका युवाहरूले देउसीबाट संकलित रकमले जीतपुरसिमरा १ पथलैयास्थित वृद्धाश्रमका वृद्धवृद्धालाई सहयोग गरेका छन् ।तिहारको समयमा खेलिएको देउसीमा संकलित रकमबाट युवाहरूले जेष्ठ नागरिक सम्मान वृद्धाश्रमका वृद्धवृद्धालाई न्यानो लुगा, फलफूललगायतका सामग्री वितरण गरेका हुन् ।उनीहरुले उक्त रकमबाट वृद्धवृद्धालाई बुधबार बिहानको भोजन गराएका थिए भने केहि नगद रकम समेत जनहीरुपमा वितरण गरेका थिए ।सिमरा फिटनेस जिमका संचालक सुजन स्याङ्तानले देउसी भैलो खेलेर संकलन गरिएको रकम वृद्धवृद्धाका लागि समर्पित गरिएको बताउनुभयो । वृद्धवृद्धालाई बिहानको खाना खुवाउँदै न्यानो कपडा, फलफूल र केही नगद वितरण गरिएको स्याङ्तानले जानकारी दिनुभयो ।कार्यक्रममा सिमरा फिटनेस जिमका युवाहरू सहभागी भएका थिए ।

Leave a Reply