वीरगंज,५ असोज ।
पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ पोखरियाबजारमा कृषि विकास बैंकले एटिएम सेवा सन्चालनमा ल्याएको छ ।

पोखरिया बजाार स्थित कृषि सेवा केन्द्रको भवन अगाडी कृषि बिकास बैंकले आफनो बैंकको एटिएम मेसिन जडान गरि सन्चालनमा ल्याएको हो । बुधबार उक्त एटिएम सेवाको पोखरिया नगरपालीकाका मेयर प्रधुमन प्रसाद चौहानले समुद्घाटन गरेका हुन् ।

कृषि विकास बैंकको मधेस प्रदेश निर्देशक नारायण प्रसाद आचार्यको अध्यक्षतामा आयोजित उदघाटन कार्यक्रममा बैंकको शाखा कार्यलय पोखरियाका प्रमुख अनिल कुशवाहा , पोखरिया नगरपालीका वडा नम्बर ४ का वडा अध्यक्ष लक्ष्मण साह कानु , ईलाका प्रहरी कार्यलय पोखरियाका प्रहरी निरिक्षक आयुष जोसी लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply