अहिले चुनावी माहौल छ । चुनावी माहौल, स्थानीय तहको निर्वाचनको मिति नजिकिदो वातावरणका कारण अहिले राजनीतिक माहौल पनि तातिरहेको छ । जसका कारण पनि देशभरि नै चुनावी सरगर्मी बढ्दै गइरहेको छ । यद्यपि चुनावी माहौल बढ्दै गएसंगै राजनीतिक दलका नेताहरुको खर्च गर्ने क्रममा पनि होडवाजी चलेको छ ।
दलका उम्मेदवारहरु अहिले तछाड र मछाड गर्दै चुनावी प्रचार अभियानमा जुटेका छन् । उनीहरुले चुनावी प्रचारमा अपनाएको शैली भने भड्किलो छ । हुनत उनीहरुका लागि यो आवश्यक र बाध्यता दुबै होला तर दैनिक लाखौं रुपैयाँ खर्च गरेर हेटिहप्टरको प्रयोग गर्नु कत्ति जायज हो ?
यो विषयमा पहिला पनि चर्चा हुने गरेकै हो । तर अहिले आएर यो चर्चा सेलाएको पाइएको छ । यसका बिषयमा नागरिक स्तरबाट जति विरोध भएपनि राजनीतिक स्तरबाट भने कुनै सोच राखेको देखिदैन । यस्तो भड्किलो प्रचार भने अन्त्य हुन आवश्यक छ ।