करैयामाई,महागढीमाई नगरपालिका वडा नम्बर ८ मा रहेको अरनवा चौकमा शनिवार नेकपा एमालेको निकट अखिल नेपाल किसान महासंघको पालिकास्तरीय ३९ सदस्यीय नगर कमिटी गठन भएको छ ।

किसानहरुको भेलाले अध्यक्षमा जहिर मियाँ अंसारीलाई सर्वसम्मत नगर कमिटीको अध्यक्षमा चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा छठु दास, कोषाध्यक्षमा नैनादेवी राम, सचिवमा मिश्रीलाल यादव, सहसचिवमा दिपन सहनी र सुरेन्द्र कुशवाहा रहेका छन ।

त्यसैगरी सदस्यहरूमा रामबाबु कुशवाहा, सकिल अंसारी, जुगेर अंसारी, छोठेलाल चौधरी, सन्तोषी चौरसिया, लक्ष्मी बैठा, गिरीजा देवी चौधरी लगायत रहेकाछन । भेलामा अखिल किसान महासंघका जिल्ला अध्यक्ष आत्मादेव भट्टाराई, जिल्ला सचिव विन्देश्वर पटेल, एमाले जिल्ला कार्यसमिति सदस्य मन्जुर अंसारी, चन्द्रदेब प्रसाद चौधरीलगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply