लालवन्दी,नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले पार्टीको अबको अभियान मिसन ०८४ सालको आम निर्वाचनमा १ सय ५० रहेको बताउनु भएको छ । शनिवार सर्लाहीको लालवन्दीमा मधेश प्रदेशस्तरीय प्रचार भेलालाई सम्वोधन गर्दै भट्टराईले यस्तो अभियानको चर्चा गर्नुभएको हो ।उहाँले २०८४ सालको निर्वाचनमा प्रतिनिधि सभामा एक सय ५० सिटको बहुमत ल्याएर सरकार बनाउने नेकपा एमालेको अभियान भएको प्रष्ट पार्नुभयो ।पार्टीको मधेश प्रदेश इन्चार्ज समेत रहनुभएका भट्टराईले एमाले बाहेकका गठवन्धन दलको सरकारले देशलाई बर्वाद गर्नेभन्दा अरु काम गर्न नजानेको आरोप लगाउनुभयो ।भेलामा मधेस प्रदेशका आठ जिल्लाका १ सयभन्दा बढि पार्टी निकट संचारकर्मी तथा पार्टीका प्रचार विभागका पदाधिकारीको सहभागिता रहेको एमाले मधेश प्रदेश प्रचार विभागका सचिव चूडामणि वाग्लेले जानकारी दिनुभयो ।भेलालाई पार्टीका स्थायी कमिटी सदस्य तथा प्रचार एवं प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, विभागका सचिव गगन विष्ट, पार्टी मधेस प्रदेश अध्यक्ष रामऔतार यादव, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत लगायतले सम्वोधन गर्नुभएको थियो ।प्रदेश प्रचार विभाग प्रमुख सोमप्रसाद शर्माको अध्यक्षतामा भएको भेलामा नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीका मधेश प्रदेशका जिल्लाका अध्यक्षहरुले स्थानीय वस्तुस्थिति बारेमा जानकारी गराएका थिए ।एमालेको मधेस प्रदेश प्रचार विभाग हेर्ने विशेष जिम्मेवारी पाउनु भएका पार्टी केन्द्रीय सदस्य अरविन्द सिंहले मधेस प्रदेशमा पार्टीले चाडै योजनावद्ध रुपमा प्रचार कार्यलाई अगाडि बढाउने जानकारी दिनुभयो ।मधेस प्रदेशमा इन्चार्ज भएर आउनु भएका पार्टी केन्द्रीय सचिव भट्टराई केही दिनदेखि मधेस प्रदेशका पार्टी कार्यक्रममा व्यस्त रहनु भएको छ । भट्टराई आइतवार सर्लाहीका मुख्य नेताहरुबीच हरिवनर्मा का सर्लाहीका पाटी छलफल र भावि योजना निर्माणको विषयमा सहभागी हुने प्रचार विभाग सचिव वाग्लेले जानकारी दिनुभयो ।

Leave a Reply