बसन्त लामा

सिंगौल,बाराको निजगढ नगरपालिकाबाट सिंगौलको लागि तानिएको बिजुलीको तालमा कभर कन्टक्टर जडान कार्य सुरू भएको छ ।हावा हुरी र वर्षातको समयमा रुखका हाँगाले लागेर सिंगौलमा विद्युत अवरुद्ध हुने समस्या देखिएपछि सुरक्षाको लागि प्रशारण लाइनमा कन्टक्टर जडान सुरु गरिएको हो ।निजगढस्थित पूर्वपश्चिम लोकमार्गबाट सिंगौल जाने सडकको गेटबाट करिब ५ किलोमिटर जंगलको बाटो हुंदै प्रसारण भइरहेको बिजुली तारमा कभर कन्टक्टर जडान हुने भएको हो । बिजुलीको तारमा कभर कन्टक्टर नहुँदा सामान्य हावा हुरीबाट रुखको सुकेका हाँगा बिजुलीको खुला तारमा खसेर सिंगौल क्षेत्रमा विद्युत अवरोध हुने गरेको छ । यसरी विद्युतको प्रशारण अवरुद्ध हुँदा सिंगौलसहित छिमेकी जिल्ला मकवानपुरको बकैया गाउँपालिकामा स्थानीय संचार लगायतका सुविधाबाट बञ्चित हुंदै आएका छन ।वर्षौदेखि यस्तै समस्या झेदै आइरहेको अवस्थालाई मध्यनजर गर्दै सिंगौल र निजगढका उपभोक्ताहरुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ समक्ष समस्या समाधान गर्न माग राखेपछि प्रधिकरणले कन्भर्टर जडान सुरु गरेको हो ।कभर कन्टक्टर जडानको लागि सिंगौल वडा नम्बर १ का मगले लोप्चन र वडा नम्बर २ को पुर्ववडा अध्यक्ष केशबप्रसाद उपाध्ययले आफ्नो वडा कार्यालयबाट सिफारिस गरेका थिए । अहिले उक्त कन्टक्टर जडान गर्न आफूले पहल गरेको भन्दै सिंगौल र निजगढका केही स्थानीय दलका कार्यकर्ताबीच जस लिने होडबाजी सुरु भएको छ ।

Leave a Reply