नेपालमा केही महिनाअगाडि समाजवादी मोर्चाको गठन गरियो । बामपन्थीहरुसंग मन मिल्नेहरुलाई राखेर र धेरैजसो बाम घटक नै रहेको यो मोर्चा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको विशेष पहलम गठन भएको थियो । जसमा बामपन्थीभन्दा बाहिरका उपेन्द्र यादव मात्रै रहनु भएको छ ।प्रचण्ड अहिलेयो देशको कार्यकारीपदमा रहनुभएको व्यक्ति हो । अथवा प्रधानमन्त्रीमा विराजमान प्रचण्डले समाजवादी मोर्चा बनाउनुका पछाडि भने ठूलो स्वार्थ छ ।अहिले देशका विभिन्न स्थानमा यो मोर्चाको नाउँमा सभा भइरहेको छ । हालै वीरगञ्जमा भएको यो मोर्चाको सभा अन्य प्रदेशमा पनि हुने तयारीमा छ र केही शहरमा भइरहेको पनि छ । जस्तै हेटौंडामा आइतवार हुदैछ । राजनीतिमा निकै चतुर खेलाडी मानिने प्रचण्डले आफ्नो सत्ताका लागि यो मोर्चालाई हतियार बनाएको देखिन्छ ।यसमा गडबड जसले गरेपनि यो या त्यो बाहनामा प्रचण्डले चलाखी पनि गरेको देखिन्छ । जस्तो मोर्चामा रहेका अन्य दलका शीर्ष नेता माधवकुमार नेपाल, उपेन्द्र यादव लगायतलाई ठेकान लगाउन प्रचण्डसंग ललित निवास काण्डदेखि गौर हत्याकाण्ड छन् ।धेरैले विश्लेषण गरेको जस्तै समाजवादी मोर्चा चैं प्रचण्डको सत्ताका लागि हतियार नै हो । यसको मुख्य निशासा पनि काँग्रेस नै हो । एमाले चैं देखिने तारो मात्र हो । काँग्रेसलाई साइजमा ल्याउनका लागि प्रचण्डले खेलेको यो खेलले देश र जनताका लागि हितकर भए त राम्रो हो आफ्नो स्वार्थका लागि मात्रै भए चैं अर्थ छैन ।

 

 

Leave a Reply