बसन्त लामा
सिंगौल,सडक दुर्घटना न्यूनीकरणको कामना गर्दै सुकेपोखरी सफाइ समितिले निजगढ– सिंगौल कालोपत्रे सडक खण्डमा पर्ने सुके पोखरीमा एकाह र ग्रहशान्ती पुजा आयोजना गरेको छ ।हिन्दु र बौद्ध धर्मका गुरु÷पुरोहितलाई सहभागी गराएर भएको सो पुजाको निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले पोखरीको डिलमा लहरे पिपलको विरुवा रोपेर समापन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख पुरीले सुकेपोखरीलाई निजगढको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न आफूले सक्दो सहयोग गर्ने बताउनुभएको छ ।समितिले सो क्षेत्रको सडकमा बढेको दुर्घटना नियन्त्रणको कामना गर्दै शान्ति होम तथा ग्रहशान्ति पुजा गरेको हो । समितिले सुकेपोखरी क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले पोखरी सरसफाइ र सजावट सम्बन्धि विभिन्न कार्यक्रम संचालन गर्दैै आएको संरक्षण समितिका संयोजक सर्जु थापाले जानकारी दिनुभयो ।


















