धिरेन्द्र तिवारी

कलैया,कलैया उपमहानगरपालिका वडा नम्बर ३ सिसहनिया चौकमा दुर्गा पूजा समिति गठन भएको छ ।दुर्गा पूजा समितिको अध्यक्षमा कपिलदेवप्रसाद यादवलाई सर्वसहमतिले चयन गरेको हो । यादवले विगत दश वर्षदेखि उक्त स्थानमा लाग्ने दुर्गा पूजा समितिको अध्यक्ष पदको भुमिका निर्वाह गर्दै आउनुभएको छ ।सिसहनिया चौकमा २०७० सालदेखि निरन्तर रूपमा प्रत्येक साल दुर्गा पूजा हुँदै आीइरहेको पूजा समितिका अध्यक्ष यादवले जानकारी गराउनुभयो ।दुर्गा पूजामा कलैया उपमहानगरपालिका वडा नम्बर ३ बैजनाथपुर वडा नम्बर २३ भठौडा, वडा नम्बर २५ सिसहनिया, वडा नम्बर १९ पतौरालगायत विभिन्न स्थानका भक्तजनहरुको साथ सहयोग रहने गरेको अध्यक्ष यादवले बताउनुभयो ।त्यस्तै यस वर्षको दुर्गा पूजा असोज २८ गते प्रतिपदा आइवारका दिन पूजाको प्रारम्भ हुने दिन परेको आचार्य पण्डित धर्मेन्द्र तिवारीले बताउनुभएकोछ ।समितिको उपाध्यक्षमा सन्जय साह सचिवमा सुनिल पटेल, कोषाअध्यक्षमा प्रदिप गुप्ता, सहसचिवमा मुन्ना गुप्ता र सदस्य रमेश यादवलगायत ३१ समिति गठन भएको अध्यक्ष कपिलदेवप्रसाद यादवले बताउनु भएकोछ ।बैठकमा कलैया वडा नम्बर २५ का अध्यक्ष चन्दन पटेल, मन्सी राउत, वडा नम्बर २३ वडा सदस्य राज गुप्ता, शंकर पटेल, वडा नम्बर २३ पूर्ववडा सदस्य प्रमोद गुप्ता, रामप्रसाद यादव, विकास ठाकुरलगायत सिसहनिया चौकका स्थानीयहरुको उपस्थिति रहेको थियो ।

 

Leave a Reply