वीरगन्ज, मुलुकको प्रमुख भन्सार वीरगन्ज नाकाबाट अहिलेसम्म करिब ९ अर्ब रुपैयाँ बराबरको भारतीय धान आयात भएको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार ८ अर्ब ८४ करोड २५ लाख ३३ हजार ७ सय १५ रुपैयाँ ११ पैसा बराबरको २ लाख ४७ हजार ४ सय २१ मेट्रिक टन भारतीय धान आयात गरिएको हामे । गत आर्थिक वर्षको यसै अवधिमा यस नाका हुँदै ५ अर्ब ३१ करोड ५० लाख रुपैयाँ बराबरको १ लाख ८२ हजार ९ सय ३१ मेटन भारतीय धान आयात भएको थियो । तुलनात्मक रुपमा गत वर्षको तुलनामा यस वर्ष वीरगन्ज नाका हुँदै ६५ हजार मेट्रिक टन बढी भारतीय धान आयात भएको छ । यस वर्ष मंसिरको पहिलो साता दे[td_smart_list_end]खि भारतीय धान भित्रिन थालेको हो । भारतले नेपालतर्फ धान र चामलको निर्यात खुला गरेलगत्तै यो नाकाबाट धान चामल भित्रिन सुरु भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र प्रसाद चुडालले जानकारी दिनुभयो । उहाँले भारतले धान चामल निकासीका लागि वीरगन्ज, भैरहवा र काकडभिट्टा गरी नेपालका तीनवटा नाकालाई मात्र स्वीकृति दिएकाले तीनवटै नाकाबाट भारतीय धान भित्रिएको र तीमध्ये सबैभन्दा बढी वीरगन्ज नाकाबाट धान भित्रिएको जानकारी दिनुभयो । जसमध्ये भारतको बिहार, उत्तर प्रदेश र पश्चिम बंगालबाट धान चामल बढी ल्याइएको तथ्यांक छ । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल चामल दाल तेल उद्योग संघका केन्द्रीय अध्यक्ष सुवोध कुमार गुप्ताले भारतले नेपालका लागि यस वर्ष ६ लाख मेट्रिक टन मात्र धान चामलको निर्यात फुकुवा गरेको र हाल कोटा पूरा भएपछि भारतीय धान चामलको आयात बन्द भएको जानकारी दिनुभयो ।



















