कृष्णकुमार साह
सेढवा,लागु औषध कारोवारीहरु वीरगन्जमा मात्र नभई पर्साको ग्रामिण नाका प्रयोग गरी लागु औषध कारोबार गरिरहेको एक तथ्यले पुष्टि गरेको छ ।
शुक्रवार ईलाका प्रहरी कार्यालय ठोरीले भारतको भिकनाठोरी नाका प्रयोग गरी भित्रियाईएको लागू औषध नियन्त्रणमा लिएपछि ग्रामिण भेगमा पनि लागु औषध कारोबारी सकृया भएको पुष्टि गरेको हो ।
प्रहरीले पर्साको ठोरी गाउँपालिका वडा नम्बर २ का ३० बर्षिय युवक रबिन्द्र कुमार साहलाई नेपालमा प्रतिबन्धित लागु औषधी क्याडिवेल कप सिरप ४७४ पिस सहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो । ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी टोलीले विशेष सूचनाको आधारमा ठोरी २ सितागुफा नजिकै सडकखण्डमा भारतको भिखनातर्फबाट नेपालको सुन्दरबस्तीतर्फ आउँदै गरेको अवस्थामा साहलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लागू औषधी भेटिएको उहाँले बताउनुभयो ।
साहले प्रतिबन्धित लागु औषध जुटको बोरामा प्याक गरी टाउँकोमा बोकी ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान तथा कारवाहीको प्रकृया अगाडी बढाएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।

















