आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ नजिक सिमावर्ति भारतको पूर्वी चम्पारण ललबेगिया नयका टोला गाउँ नजिक एसएसबी जवानको बिहीवार गोली प्रहार गरी हत्या गरिएको छ ।मृतक एसएसबी जवान घोडासहन बगहा गाउँ निवासी धर्मेन्द्र कुमार हुनुहुन्छ । कुमार आफ्नो आमाको उपचार गरेर मोतिहारीबाट घर फर्कने क्रममा ललबेगिया नयका टोला बजरङ्गबलीको मन्दिर नजिक बन्दुकधारीहरूले मोटरसाईकल रोकी पैसा मागेका थिए ।आमाको उपचार गरेर घर फर्किरहेकाले आफुसंग पैसा नरहेको बताएपछि बन्दुकधारीहरूले उहाँमाथि गोली प्रहार गरेका हुन । एसएसबी जवान कुमारको पाखुरामा गोली लागेको थियो ।उपचारको लागि मोतिहारी पु¥याउंदा उहाँको मृत्यु भईसकेको थियो । हत्याको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको र अन्यको खोजी कार्य जारी रहेको सिकरहनाका डीएसपी राकेश कुमारले जानकारी दिनुभएको छ । मधुबनीको राजनगरमा कार्यरत एसएसबी जवान धर्मेन्द्र कुमार आमा बिरामी भएकाले १० दिनको छुट्टीमा घर आउनुभएको हो ।आमा सावरी देबीको उपचार पटनामा भइरहेको थियो । पटनाबाट ट्रेनमा आउनुभएकी आमालाई मोतिहारबाट मोटरसाईकलमा गाउँमा लैजाने क्रममा घटना घटेको हो ।