कलैया,‘विवादको साटो, मेलमिलापको बाटो’ भन्ने मुल नाराका साथ कलैया उपमहानगरपालिकाले नगरको २७ वटै वडाका नागरिकबीच मेलमिलाप कायम गर्ने उद्देश्यले मेलमिलाप सम्बन्धि ४८ घण्टे आधारभुत तालिम संचालन शुरु गरेको छ ।कलैया उपमहानगरको न्यायिक समितिको आयोजनामा संचालन भईरहेको उक्त तालिमको उद्धाटन नगर उपप्रमुख रौशन प्रभिनले गर्नुभएको हो । नगरका २७ वटै वडाका ५÷५ जना गरि १ सय ३५ जनालाई तालिम दिईने कानुन अधिकृत राजा हुसैनले जनाउनुभएको छ । तालिममा बरिष्ठ कानुनविद्हरुले सहभागीहरुलाई तालिम दिईरहेका छ्न ।समाजमा स–साना र सामान्य विषयमा समेत विवाद उत्पन्न भई मुद्दा मामला गरेर सरकारी निकायसम्म पुग्ने चलनलाई निरुत्साहित गर्न समुदायको विवाद समुदायमै समाधान गर्न अभिप्रेरित गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको कलैया उपमहानगर, न्यायिक समितिका सदस्य तथा वडा नम्बर २७ का अध्यक्ष धर्मेन्द्र यादवले बताउनु भयो ।