मंगलबार अपरान्हतिर एउटा खबर आयो, जसले सबैलाई दुखित बनायो । मध्य तराईको रौतहटमा एकदमै समथर भागमा भएको सवारी दुर्घटनामा पनि ६ जना नागरिकहरुको ज्यान गएको खबरले सबैलाई स्तब्ध बनायो । जन्ती आएका व्यक्तिहरु दुर्घटनामा परेका थिए ।

नेपालमा सवारी दुर्घटनाको तथ्यांङ्क केलाउने हो भने समथर भूभागमा समेत सवारी दुर्घटना हुने गरेको छ । धेरै मानवीय क्षति समेत हुने गरेको छ । यसको कारण भने केही होइन । असावधानी र छिटो सवारी साधन संचालन गरेका कारणले पनि सवारी दुर्घटना बढेको हो । सजिलो र सहज भनिएको सडकमा पनि हुने गरेका यस्ता दुर्घटनामा खासगरी चालकहरु नै बढी जिम्मेवार हुने गरेका छन । पहाडी क्षेत्रको विकट र साँघुरा सडकमा हुने दुर्घटनाको प्रसङ्ग अर्र्कौ हो तर समथर भूभागको सडकमा हुने गरेका दुर्घटनामा चालकको असावधानी नै पहिलो कारण हो ।

रौतहटमा भएको घटनाले पनि यही कुरा पुष्टि गर्दछ । रौतहटमा भएको सवारी दुर्घटनामा एकदमै समथर भागमा भएको छ । जसका कारण पनि यत्ति धेरै नागरिकहरुको ज्यान नजानु पर्ने पनि देखिन्छ तर जे भयो त्यो दुखद भइ नै सक्यो त्यसैले अब सावधावी अपनाउन एकदमै आवश्यक छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here