निजगढ,निजगढमा नेवारी खाजा एण्ड ढिडो हाउस संचालनमा आएको छ । निजगढ नगरपालिका वडा नम्बर– ७ मा संचालनमा आएको रेष्टुरेण्टमा विभिन्न प्रकारका नेवारी परिकारसमेत पाइनेछ ।एक दशकसम्म दुबईको होटेलमा काम गरेको अनुभवका साथ कृष्णहरी बस्नेतले निजगढमा नेवारी खाना रेष्टुरेण्ट संचालनमा ल्याउनुभएको हो ।आफ्ना ग्राहकहरुलाई स्वच्छ र स्वादिष्ट नेवारी खाना र खाजा उपलब्ध गराउने रेष्टुरेण्टका संचालक कृष्णहरि बस्नेतले बताउनुभयो । स्वदेशमै बसेर काम गर्नुपर्छ भन्दै बस्नेतले ईलाका प्रहरी कार्यालय निजगढ अगाडी पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ रहेको भवनमा रेष्टुरेण्ट शुरु गर्नुभएको छ ।रेष्टुरेण्टमा स्वादिष्ट नेवारी परिकारसंगै कोदो, फापर र मकैको ढिडो र लोकल कुखुराको मासुसमेत उपलब्ध हुने बस्नेतले बताउनुभयो । नेवारी परिकारकमा नेवारी खाजा सेट, बारा, चटामरी, झोल मःमः, चाउमिनलगायत उपलब्ध हुने संचालक बस्नेतले जानकारी दिनुभयो ।

Leave a Reply