दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको करैयामाई गाउँपालिका गाँउ कार्यपालिका कार्यालयको प्रमुख प्रशासकीय अधिकृतको रुपमा अनुश आचार्यलाई सोमवार स्वागत गरिएको छ ।जिल्ला प्रशासान कार्यालय बाराबाट सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत आयार्यलाई करैयामाई गाउँपालिकाको कार्यालयमा गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादवलगायत जनप्रतिनिधि र कर्मचारीहरुले अविर र फूलमालासहित स्वागत गरेका छन् ।सो अवसरमा गाँउपालिकाका अध्यक्ष यादवले अधिकृत आचार्यलाई कार्यालयमा हाजिर पनि गराउनु भएको छ । सो कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सुनैनाकुमारी चौधरी, वडा नम्बर १ का वडा अध्यक्ष सोनालाल साह, वडा नम्बर २ वडा अध्यक्ष सुरेन्द्रप्रसाद चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष प्रशुराम यादव, वडा नम्बर ४ का वडा अध्यक्ष एकलाख बाबु अंसारी, वडा नम्बर ५ का वडा अध्यक्ष उमेशप्रसाद चौधरी, वडा नम्बर ६ का वडा अध्यक्ष राजकुमार चौधरी, वडा नम्बर ७ का वडा अध्यक्ष बृज चौधरी, वडा नम्बर ८ का वडा अध्यक्ष दिनेश चौधरी लगायत कार्यपालिका सदस्यहरु, गाउँपालिकाका कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।

Leave a Reply