वीरगञ्ज,नेपाल निजामती कर्मचारी युनियनले वीरगञ्जस्थित मानव सेवा आश्रमका आश्रितहरुको लागि एकदिने भोजन कार्यक्रमको आयोजना गरको छ ।स्थापना दिवसको अवसरमा युनियनले वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ मा रहेको आश्रममा मंगलवार भोजन खुवाउने कार्यक्रमको आयोजना गरेको हो ।नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष अशोककुमार रौनियारको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमको अध्यक्षता नेपाल निजामती कर्मचारी युनियनका पर्सा जिल्ला अध्यक्ष बिजय गुप्ताले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here