बसन्त लामा
सिंगौल,निजगढ नगरपालिकाको कार्यपालिका लक्षित कोष अन्तर्गत दलित महिलाहरुको लागि सिंगौलमा संचालन गरिएको कानुन सम्बन्धी क्षमता विकास अभिमुखीकारण कार्यक्रम शुक्रवार सम्पन्न भएकोछ ।५ दिनसम्म संचालन हुने भनिएको भएपनि १ दिन छोट्याएर सो तालिम ४ दिनमा नै सम्पन्न गरिएको हो ।चालु आर्थिक वर्ष ०८२÷०८३ मा निजगढ नगरपालिकाको लक्षित कोष बजेटकोमार्फत तालिम संचालन भएको हो ।
समापन कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजन श्रेष्ठ, पुर्ववडा अध्यक्ष केशवप्रसाद ढोडारी, समाजसेवी संजीव लोप्चन, कार्यपालिका सदश्य फुलमाया घलान, कार्यपालिका सदस्य अरुणा विक, वडा सदस्य धनबहादुर थापा, निजगढ नगरपालिका जातीय भेदभाव तथा दलित अनुगमन समितिका सदश्य इन्द्र विकलगायतले दलित महिलाहरुलाई कानुनले दिएको अधिकारको बारेमा जानकारी गराएका थिए ।कार्यक्रममा निजगढ वडा नम्बर १, २ र ३ का जम्मा ४० जना दलित महिलाको सहभागिता रहेको थियो । फाष्टट्रयाक मिडिया प्रालिको आयोजनामा संचालन गरिएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष महेश्वर अधिकारीले गर्नुभएको थियो ।


















