राजकुमार यादव

मौलापुर,जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा बुधवार परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।जिल्ला प्रहरी कार्यालय रौतहट सरुवा भई आउनु भएका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठ र जिल्लाका पत्रकारहरुबीच परिचयात्मक कार्यक्रमको साथै शान्ति सुरक्षा र अपराध नियन्त्रण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम आयोजना भएको हो ।कार्यक्रममा प्रहरी उपरीक्षक श्रेष्ठले शान्ति सुरक्षा तथा अपराध नियन्त्रण गर्नुको साथै जनताको सेवामा २४सैं घन्टा रौतहट प्रहरी तत्पर रहने बताउनुभयो ।कार्यक्रममा पत्रकारहरुले दिएका विभिन्न सुझावमा श्रेष्ठले आफूले चार जिल्लाको अनुभव लिएर आएको बताउनुभयो । प्रहरी प्रमुख श्रेष्ठले आफनो कार्यकालमा रौतहट जिल्लामा हुने तस्करी, मदिरा उत्पादनको लागि संचालनमा रहेका भट्टीलाई नियन्त्रण र गाउँघरमा हुने घरेलु हिंसाको साथै आत्महत्या लगायतका घटना कम गर्न प्रयास गर्ने बताउनुभयो ।उहाँले अन्य जिल्लाको तुलनामा रौतहटको अवस्थाबारे थोरै जानकारी रहेकाले भन्दै पत्रकारहरुसंग सहयोगको अपेक्षा राख्नुभएको छ ।प्रमुख श्रेष्ठले जिल्लामा राजनीतिक अवस्था र यस जिल्लाको अवस्थाबारे विभिन्न समयमा सामाजिक सञ्जालबाट थोरै जानकारी अवगत रहेको भन्दै त्यस विषयमा आफू सचेत रहेको बताउनुभयो ।रौतहट भारतसंग खुल्ला सिमाना जोडिएका कारण सिमा आसपासका मानिसहरु लागु औषधको कुलतमा फस्ने गरेको भन्दै त्यस्ता व्यक्तिको लागि समय–समयमा जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने बताउनुभयो ।रौतहट एसपी महेन्द्र श्रेष्ठ र सञ्चारकर्मीबीच परिचयात्मक कार्यक्रमएसपी श्रेष्ठले गाउँघरमा महिला हिंसाबाट पीडित महिलाहरुको अनुसन्धान महिला प्रहरीबाट नै हुने घोषणा गर्नुभयो । साथै उहाँले जिल्लामा हुने अपराधिक घटनामा कमी ल्याउन नेपाल भारतको सिमानाका राति ८ बजे देखि बन्द गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।

Leave a Reply