विगतमा धेरै बद्मासी र गलत क्रियाकलाप भयो भन्दै नागरिकहरुले पुराना दललाई यसपालि चुनावमा नराम्रोसंग पराजित गराएको दिन धेरै भएको छैन । अथवा गत फागुनको अन्तिम साता भएको प्रतिनिधि सभाको चुनावमा पुराना मानिएका नेपाली कांग्रेस र नेकपा एमाले जस्ता दलहरुलाई छोडेर नागरिकहरुले रास्वपाको पक्षमा अभूतपूर्व मतदान गरेका थिए ।
सोही निर्वाचनबाट लगभग दुई तिहाइ सिट जितेर रास्वपाका नेता बालेन शाह प्रधानमन्त्री भएको पनि ३० दिन कटेको छ । सरकारले ३० दिनमा केके काम गरेको छ, त्यो त नागरिकका माझमा स्पष्ट नै छ तर सरकारले राम्रा नराम्रा कामको कुरा भइरहदा वर्तमान दुई तिहाइ भनिएको सरकारको बाटो पनि पुरानाभन्दा फरक चैं देखिएको छैन ।

हिजो सरकार बाहिर रहदा जसरी यो पार्टीका नेताहरुले सदन छल्ने कुराको विरोध गर्दथे आज उनीहरुको सरकार हुदा भने सदनलाई छल्ने काम भने गर्न खोजेको देखिन्छ । हिजो केपी ओली पनि दुईं तिहाइकै हाराहारीमा प्रधानमन्त्री हुँदा पनि सदनलाई छलेर अध्यादेश ल्याउने अभ्यास भएको थियो अनि अहिले सरकारमा रहेको दलले त्यो बेलामा निकै विरोध गर्ने गर्दथ्यो तर आज त्यही दलले अध्यादेश ल्याउदैछ अनि उही पुरानो दलहरुले विरोध गर्दैछन ।

भनेपछि नयाँ र पुरानामा खासै फरक देखिएको छैन । काम र नियम चैं महत्वपूर्ण कुरा हुँदा रहिछ भन्ने कुरा देखिन्छ । सदनमा आफ्नो स्पष्ट बहमुत भएपछि सदनबाट नै कानुन बनाउदा राम्रो हुने हो । अध्यादेशको परम्परा ठीक होइन । वर्तमान सरकारले पनि देश चैं अध्यादेशबाट नै चलाउने सोच बनाएको पनि देखिन्छ । यस्तो अभ्यास ठीक होइन । यस्तो परिपाटीको अन्त्य हुन आवश्यक छ ।

Leave a Reply