वीरगञ्ज,सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको बैठक शनिवारदेखि वीरगञ्जमा सुरु भएको छ ।
वीरगञ्जस्थित क्लासिक ब्यांकेटमा सुरु भएको बैठकको उद्घाटन पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउतले गर्नुभएको थियो । बैठकमा आगामी आन्दोलन, संगठन विस्तार, संगठन सुदृढीकरण, वडा अधिवेशन लगायतका विषयमा छलफल हुने जनमत पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले बताउनुभयो । शनिवार विहानदेखि सुरु भएको बैठक आइतवार दिउसो सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।जनमत पार्टीले सुरु गरेको नौलो गणतन्त्रका लागि आन्दोलनको बारेमा पनि बैठकमा छलफल हुने प्रवक्ता यादवले बताउनुभयो ।

















