नेपालको कुरा गर्ने हो भने क्रिकेट खेलको विकास र विस्तार भएको धेरै वर्ष भएको छैन । अझैपनि यो खेलका विषयमा धेरै नेपालीहरु अनविज्ञ नै छन् । खेलको नाम सबैले सुनेका छन् तर खेल खेल्ने तरिका लगायतका विषयमा अनविज्ञता देखिन्छ । यो खेलको भलिबल र फुटबल जस्तो पुरानो भइसकेको अवस्था पनि छैन । यद्यपि मधेसमा भने यो खेलका विषयमा धेरै जानकारहरु छन् । मधेसले यो खेलसंग सम्बिन्धत धेरै अन्तर्राष्टिय स्तरका खेलाडी पनि धेरै उत्पादन गरेको छ ।यो खेलको मधेसको क्रेजको विषयमा त सोमवार नेपाल र भारतको खेल हेर्नको लागि भनेर वीरगन्ज र जनकपुरमा भएका विद्यालय बन्दले पनि स्वतः स्पष्ट पार्दछ । विद्यालय बन्द गरेर विद्यार्थीहरुलाई समेत नेपाल र भारतको खेल हेर्नका लागि स्थानीय सरकारहरुले प्रोत्साहित गरेका थिए । यसबाट मधेसमा यो खेलप्रतिको माया कति रहेछ भन्ने अनुमान लगाउन सकिन्छ । खेलमा चासो र यसमा नयाँ पुस्ता लाग्नु भनेको पनि मुलुकका लागि नै फाइदाजनक कुरा हो । त्यसैले पनि स्थानीय सरकारहरुले गरेको विद्यालय बिदाको निर्णय यो अर्थमा ठीकै हो भन्न सकिन्छ ।नेपाल सरकारले खेलाडीहरुका लागि पनि केही वर्ष यता आएर प्रोत्साहन नै गरेको देखिन्छ । विशेष गरी क्रिकेट खेलका लागि भने सरकारहरुले लिएको नीति ठीकै छ । त। पनि यो खेलको थप विकासको लागि अझै बृहत्तर नीति बनाउन भने आवश्यक देखिन्छ । मधेसमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेल मैदान आवश्यक छ । यसतर्फ प्रदेश सरकारले सोच्न आवश्यक देखिएको छ । स्थानीय सरकारहरुले पनि भएका खेल मैदानहरुको संरक्षण गर्न सके अझै क्रिकेटको क्रेज बढ्नेछ र देशमा अझै राम्रा खेलाडीहरु उत्पादन हुनेछन ।

Leave a Reply