२०६३ साल चैत ७ गते रौतहटको गौरमा भएको नरसंहार, देख्ने र भोग्नेहरुका लागि हिजो जस्तै लाग्छ । झट्ट हेर्दा यो राजनीतिक मुद्दा जस्तो पनि देखिन्छ तर यो राजनीतिक मुद्दा भएपनि यो एक विभत्स र मानवता बिरुद्धको एक निकृष्ट अपराध हो ।हुनत त्यहाँ धेरै माओवादीका कार्यकर्ता मारिएका थिए । समुदायका हिसासले पनि त्यहाँ आक्रमण भयो, महिलाहरुको अत्यन्तै निर्मम तवरले हत्या भयो । यस्तो जघन्य अपरधामा संलग्नलाई राजनीतिक आडमा करिब दुई दशकदेखि उन्मुक्ति दिँने प्रयास भइरहेको छ ।

सोमवार सर्बोच्च अदालतले यो मुद्दाको विषय उठान गरेको छ । यसैका आधारमा न्याय पाइहाल्ने संभावना त कम होला तर एक पटक न्यायालय पीडितको पक्षमा बोलेको छ,यो राम्रो हो ।त्यसो त यो घटनामा माओवादीका कार्यकर्ताले फोरमका कार्यकर्ताहरुको हत्या गरेको भए त्यो अपराधको दोषी प्रचण्डलाई मानिन्थ्यो होला तर प्रचण्ड त यसैपनि हत्यामा संलग्न नभएपनि हत्या गराउनमा संलग्न रहेको व्यक्ति भएको कुरा बेला बेलामा वहस नै हुने गरेको छ ।

फोरमको अध्यक्ष भएकाले उपेन्द्र यादवलाई कारबाही गर्नुपर्ने माग धेरै पहिला उठेको हो । तर माओवादीले नै उपेन्द्रलाई हजार पटक बोकेको छ । सय पटक माफ दिएको छ ।

Leave a Reply