अहिले संयुक्त राष्ट्रसंघको महासभा चलिरहेको छ । नेपालभन्दा हजारौं कोस टाढा यो सभा भएपनि यसमा नेपालका दर्जन बढी व्यक्तिहरुको पनि सहभागिता रहेको छ ।नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको यसमा सहभागिता रहेका कारण पनि यो महासभा पनि नेपालीका लागि महत्वपूर्ण छ । फेरि यो सभामा अरु जे कुरा उठेपनि जलवायू परिवर्तनको कुरा एक विशेष एजेण्डा छ । नेपालका प्रधानमन्त्रीले यो कुरा त्यो सभामा उठाउछु भनेर चुरीफुरी गरेको देखिएकै हो । अब प्रधानमन्त्री ज्यूले गर्ने संबोधन अनि त्यसले भोलि नेपालमा पार्ने असरका विषयमा पछि बहस हुनेछ ।

यो प्रशङ्ग अहिले किन उठान गरियो भने वीरगञ्जका विद्यालयहरु असोजको पहिलो साता बित्न लागिसक्दा पनि गर्मीका कारण बन्द भएका छन् । प्रचण्ड गर्मी पनि छ । यसैका कारण पनि विद्यालय बन्द नै भएका छन ।
यो जलवायू परिवर्तनको सिधा असर हो । नेपालमा यो जलवायू परिवर्तनका कारण समस्या हुदै गइरहेको छ । असोजमा प्रचण्ड गर्मी बढ्नुको कारण पनि यही नै हो ।
त्यसैले विश्व माझ नेपालले यो विषय उठाउन आवपश्यक छ । नेपाल वास्तवमा यो मामलामा निर्दोष छ तैपनि यसको चपेटामा नराम्रोसंग फस्द गएको छ । त्यसैले यो जलवायू परिवर्तनका विषय अब व्यापक बनाउन पनि आवश्यक छ ।
















