नेपालमा अहिले काँग्रेस र कम्यूनिष्ट मिलेर सरकार बनाएका छन् । नेपालको सवालमा त छिमेकी चीन र भारत जस्ता दुई ठूला देश जहिले पनि नेपालको साथमा नै छन् ।इतिहासमा जे भएपनि अहिले भारत र चीनसंग नेपालको सम्बन्ध राम्रै जस्तो देखिन्छ र हुनु पनि पर्दछ । यस अर्थमा विश्वमा नै महाशक्ति बन्ने होडबाजीमा लागेका दुई ठूला देश हामीसंग छन् । नेपालले चाहेर पनि भारत वा चीनसंगको सम्बन्ध तोड्न सक्दैन । कुनै समयमा चीन वा भारतसंग पनि नेपालको लडाइ भएको थियो तर अब लडाइ संभव छैन र गर्न पनि हुदैन । त्यसो त फेरि नेपालबीचमा बसेर भारत र चीनलाई लडाउने वा उस्काउने काम गर्न हुन्न ।

जहिले पनि नेपालको भूमिका निश्पक्ष र तटस्थ हुन आवश्यक छ । तर बेला बेलामा दुई छिमेकी देशको विषयमा अनावश्यक लफडा सृजना गरेर दुई देशबीचको सम्बन्धलाई बिगार्ने प्रयास पनि हुने गरेको देखिन्छ । कसैले चाहेर पनि भारत र चीनको सम्बन्ध तोड्न सक्दैन यो भ्रमबाट पहिला सबै मुक्त हुन आवश्यक छ । शासकहरुमा बेला बेलामा केही समस्या आएपनि जनस्तरमा भने नेपाल र भारतको सम्बन्ध कसैले चाहेर मेट्न नै सक्दैन ।

यहीबीचमा मंसिर १७ गते केपी ओली प्रधानमन्त्रीको हैसियतमा छिमेकी देश चीनको भ्रमण गदैहुनुहुन्छ । केपी ओलीको यो पहिलो चीन भ्रमण होइन र नेपालका कार्यकारी प्रमुखले पनि चीनमा पटक पटक भ्रमण गर्दैआएका छन ।नेपालका कार्यकारीहरुले चीनसंग विगतमा भएको सहमति कार्यान्वयनमा जोड दिन आवश्यक छ । अन्यथा केवल जम्बो टोली चीन गएर आउदैमा २ देशबीचको सम्बन्धमा खासै फरक पार्दैन ।

 

Leave a Reply