सिमरा,श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलिया जीतपुरसिमरा उपमहानगरपालिका स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाईनलमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अमलेखगञ्जलाई २–० ले हराउँदै नेरामावि बकुलिया प्रतियोगिताको फाईनलमा पुगेको हो ।

बकुलियालाई उपाधि होडको अन्तिम दुईमा पुर्याउन अमिउल्लाह मिया र रविन्द्र चौधरीले गोल गरे । खेलको १४ मिनेटमा अमिउल्लाहको गोलबाट पहिलो अग्रता बनाएको बकुलियाको लागि दोस्रो गोल रबिन्द्रले ५१ औँ मिनेटमा गरेका थिए ।

सुरुवातीदेखि नै दवावमा परेको अमलेखगञ्जले गोलका लागि अवसर बनाउन नसक्दा उपाधि होडबाट बाहिरिएको छ ।

खेलको म्यान अफ द म्याच बकुलियाका अमिउल्लाह घोषित भए । प्रतियोगिता अन्तर्गत बिहिबार राष्ट्रिय विभुती शिक्षा सदन डुमरवाना र लोटस एकेडेमी सिमरा खेल्ने प्रतियोगिता संयोजक सोनु क्षेत्रीले जानकारी दिनुभयो ।

Leave a Reply