निजगढ,निजगढका समाजसेवी तथा व्यवसायी मनोज भारतीले आफ्नो जन्मदिनलाई सामाजिक सेवामा समर्पण गर्दै शुक्रवार निजगढ– १३ मा विद्यालयका बालबालिकालाई शैक्षिक सामग्र र नगरका युवाहरुलाई खेलकुद जर्सी सहयोग गर्नुभएको छ । साथै सो अवसरमा भारती परिवारले शिव मन्दिरको संरचना निर्माण पनि सहयोग गरेको छ ।
जन्मदिनको अवसरमा समाजसेवी भारतीले निजगढको डम्बरपुरस्थित श्री भगवती आधारभूत विद्यालय र श्री शिवशक्तेश्वर आधारभूत विद्यालयका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।

त्यसैगरी खेल क्षेत्रको विकासको लागि भारतीले निजगढ नगरपालिका सबै वडाका युवा क्लबका खेलाडीहरुलाई फुटबल खेल्ने जर्सी पनि वितरण गर्नुभएको छ । विद्यार्थी र युवाहरूको विकासको लागि आफूले सहयोग गरेको व्यवसायी मनोज भारतीले बताउनुभयो ।
त्यस्तै भारतीले हिजो नै निजगढ १३ स्थित शक्ति मन्दिरको प्रवेशद्वारको पनि उद्घाटन गर्नुभएको थियो । सो प्रवेशद्वार भारतीका बुवा रामबहादुर र आमा सावित्रीको आर्थिक सहयोगमा सम्पन्न गरिएको हो । स्थानीयका अनुसार नयाँ प्रवेशद्वारले मन्दिर परिसरको सौन्दर्यकरणमा वृद्धि भएको छ ।निजगढ– १३ का वडा अध्यक्ष सूर्य घलानको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा भारती परिवारका सदस्य विनोद, आमा सावित्री, बुवा रामबहादुरलगायत सहभागी बनेका थिए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष सूर्यबहादुर घलानले निजगढमा युवादेखि विद्यालय र धार्मिक संरचना निर्माणमा भारती परिवारले पु¥याउँदै आएको निरन्तर सहयोग प्रशंसनीय भएको बताउनुभयो ।

Leave a Reply