हेटौंडा । नेपालमा देश बर्षसम्म भएको सशस्त्र संघर्षकाक्रमहरु समाधानमा ढिला भएको भन्दै सरोकारवलाहरुले चिन्ता जनाएका छन् । उनीहरुले अब यो बिषयलाई छिटो टुंगाउनपर्नेमा पनि जोड दिएकाछन् । नेपाल पुर्नस्थापिकीय न्याय मंचको सहयोगमा मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरले मंगलबार हेटौंडामा आयोजना गरेको परामर्स बैठकमा सहभागीहरुले सशस्त्र संघर्षकाक्रममा गम्भीर मानव अधिकारको उल्लंघन भएकाले त्यस्ताअपराधमा संलग्नलाई कारवाही र पीडितलाई परिपूरणको ब्यवस्था हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा नेपाल पुर्नस्थापिकीय न्याय मंचका अध्यक्ष राम तिवारीले सशस्त्र संघर्षका क्रममा भएका सबै मानव अधिकार उल्लंघनका घटनाहरुका बिषयमा छानबिनगरी यसलाई टुंगोमा पुर्याउनुपर्नेमा जोड दिनुभयो । सो क्रममा उहाँले नेपालमा नेकपा माओवादीले संचालन गरेकोयुद्धका क्रममा मारिएका ब्यक्ति,बेपत्ता तथा घाइतेहरुको तथ्यांक प्रश्तुत गर्नुुभएको थियो ।मानव अधिकारका लागि एकल महिला समूह मकवानपुरका अध्यक्ष शान्ता बिकको अध्यक्षतामा भएका ेकार्यक्रममा इन्सेकबागमती प्रदेशका प्रमुख गणेश भण्डारी, मानव अधिकार आयोगका कृष्ण बिष्ट,नेपाल बार एसोशिएन मकवानपुर शाखाका अध्यक्ष अप्सरा बस्नेत सहित मकवानपुर क्षेत्रका द्वन्द पीडितहरुले आफ्ना कुराहरु राखेका थिए । कार्यक्रम मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरकी महासचिव शारदा चौलागाईको सहजिकरणमा सम्पन्न भएको थियो ।