हेटौंडा,मकवानपुरको थाहा नगरपालिकामा नातामा देबर पर्नेले खुकुरी प्रहार गरी एक महिलाको हत्या गरेका छन ।
थाहा नगरपालिका वडा नम्वर १ स्थित कुन्छाल बस्ने अन्दाजी ५० वर्षिया तुलमाया गोपालीलाई नातामा देवर पर्ने ३५ वर्षिय उनकै छिमेकी बिमलमान गोपालीले बिहीवार दिउँसो २ः२० बजे खुकुरी प्रहार गरि हत्या गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट तुलमायाको टाउको र जिउ छुट्टिएको जिल्ला प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभएको छ ।
घट्नापछि फरार रहेका बिमलमानलाई अस्थायी प्रहरी पोष्ट बज्रबाराहीबाट प्रहरी सहायक निरीक्षक सन्तुकुमार लामा र ईलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सबिनबावु अर्यालको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा अपरान्ह ३ः३५ मा वडा नम्वर ३ स्थित थाना बजारबाट खुकुरीसहित नियन्त्रणमा लिएको डिएसपी अर्यालले बताउनुभयो ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply