मनोज शाह
जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरामा रहेको गढीमाई मन्दिरमा दशैं मेलाको तयारी शुरु भएको छ ।हरेक वर्ष घटस्थापनाका दिनदेखि महानवमीसम्म धुमधामका साथ लाग्ने दशैं मेलालाई व्यवस्थित बनाउन यस वर्षपनि विभिन्न समितिहरु गठन गरी तयारी अघि बढाइएको गढीमाई मेला व्यवस्थापन समितिले जनाएको छ ।

समितिका अध्यक्ष रोशन चौधरीको नेतृत्वमा दशैं मेलाको तयारी शुरु भएको हो । समितिका कोषाध्यक्ष कृष्ण चौधरीका अनुसार असोज १७ गते घटस्थापनाका दिनबाट शुरु हुने मेलामा असोज २४ गते खिर भोजन गराउने र २५ गते महानवमीका दिन पूजाको आयोजना गरिनेछ ।मेलालाई व्यवस्थित रुपमा सम्पन्न गर्न आवश्यक सहयोग गरिदिन समितिले स्थानीयबासी एवम् सरोकारवाला निकायसंग अनुरोध समेत गरेको छ ।
















