सिमरा,बाराको जीतपुरबाट ६ दिनअघि हराएका तिन वर्षीय अंश चौधरीको अवस्था अझै पत्ता लाग्न सकेको छैन । माघ १७ गतेदेखि परिवारका सदस्यबाट सम्पर्कविहिन बनेका बालक अझै फेला नपरेका हुन ।स्थानीय रितेश चौधरी र अञ्जली चौधरीका छोरा अंश माघ १७ गते बिहान करिब ९ः३० बजेदेखि सम्पर्कविहिन छन् । सोही दिन घर नजिकको ४–५ स्थानका सिसिटिभी क्यामरामा एक्लै हिडिरहेको अवस्थामा देखिएका बालक त्यसयता अज्ञात छन् ।

प्रहरीले उनको खोजी कार्य गरिरहेको जनाए पनि सफलता प्राप्त गर्न सकेको छैन । घरपरिवार र स्थानीयले समेत बारा, पर्साका विभिन्न स्थानमा बालकको खोजी गरिरहेका छन् ।बालक हराएदेखि उनकी आमा अञ्जली मुर्छित अवस्था हुनुहुन्छ । छोरा सम्पर्कविहिन भएको पीडामा अञ्जली सम्हालिन सक्नुभएको छैन ।चौधरी परिवारले बालकको अवस्थाबारे जानकारी दिनेलाई एक लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा समेत गरेको छ ।

Leave a Reply