राजन कुमार बानिया

पोखरिया,पर्साको भिस्वा नाका हुँदै भारततर्फ निकासी गर्ने क्रममा प्रहरीले सुपारीसहितको ट्याक्टर नियन्त्रणमा लिएको छ । शंकाराचार्य गेट पछिको ठूलो नाका भिस्वा भएर भारततर्फ लैँजादै गरेको अवस्थामा सुपारी, छोकडा, मरिच लोड गरिएको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रदेश २–०३–००१ त ०००१ नम्बरको आइचर ट्रयाक्टरबाट प्रहरीले ४६ बोरा सुपारी, १५ बोरा छोकडा, १० बोरा केराउ र ५ बोरा मरिच नियन्त्रणमा लिएको हो ।

उता, प्रहरीले नियन्त्रणमा लिएको सामानको बिल समेत रहेको व्यवसायीहरुले बताएका छन । वीरगन्जबाट भिस्वा बजारको लागि स्थानीय खुद्रा व्यवसायीहरुले समान ढुवानी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम टोलीले सामानसहितको ट्याक्टर नियन्त्रणमा लिएको बताएका हुन । ट्रेक्टरमा १५ जना खुद्रा व्यवसायीहरुको समान रहेको भिस्वाको गौरव रोड क्यारियरले जनाएको छ ।

खुद्र व्यवसायीहरुले बिल बिजकसहितको सामान खुद्रा बिक्री गर्न लैजादै गर्दा अलौ ड्राईपोर्टबाट नियन्त्रणमा लिएको बताएका छन । सुपारी, छोकडा, मरिच र केराउको भ्याट बिल समेत रहेपनि प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएको भिस्वाका व्यापारीहरुको आरोप छ । प्रहरीले नियन्त्रणमा लिएको मालसमानहरु राजस्व अनुसन्धान कार्यालय पथलैयमा पठाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here