निजगढ,निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यले मंगलवार पद तथा गोपनियताको सपथ लिएका छन । निजगढ ९ स्थित संस्थाको कार्यालयमा आयोजित एक कार्यक्रममा निर्वाचन समितिका संयोजक ऋषव काफ्लेले नवनिर्वाचित अध्यक्ष सुदर्शनप्रसाद कोइरालालगायत पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो ।कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, नेकपा एमाले निजगढ नगर कमिटीका उपाध्यक्ष भोलाप्रसाद गौतम, नेपाली कांग्रेशका नगर सभापती नवराज तिमल्सिना, माओवादी केन्द्र निजगढका अध्यक्ष सन्तोष दङ्गाल, राप्रपाका बासुदेव तिमल्सिना, एकिकृत समाजवादीका भिमसेन सापकोटा, संस्थाका पूर्वउपाध्यक्ष बेनीबहादुर लामालगायतले नयाँ कार्यसमितिको सफल कार्यकालको लागि शुभकामना दिएका थिए ।कार्यक्रममा बोल्दै दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित कोइरालाले सबैलाई मिलाएर संस्थाको नेतृत्व गर्ने बताउनुभएको थियो । सोही कार्यक्रममा कार्यसमितिका पदाधिकारीहरुलाई प्रमाण पत्र पनि वितरण गरिएको छ । निर्वाचन समितिका संयोजक काफ्ले, उपप्रमुख थिङ्ग र निजगढ नगरपालिकाकी पूर्वउपप्रमुख लिलादेवी लामिछानेले पदाधिकारीहरुलाई संस्थाको कार्यसमितिमा निर्वाचित भएको प्रमाण पत्र वितरण गरेका हुन ।निजगढका मुख्य राजनीतिक दलहरुबीच भएको सहमति अनुसार संस्थाको ३ वर्षे कार्यकालको लागि कार्यसमितिका ५ जना पदाधिकारी र ४ सदस्यहरु सोमवार निर्विरोध चयन भएका थिए ।यसैबीच सपथ ग्रहण लगत्तै बसेको कार्यसमितिको बैठकले समितिको सदस्यमा निजगढ वडा नम्बर ६ का लिलाबहादुर राउत र वडा नम्बर ७ का सन्तबहादुर सुनारलाई मनोनित गर्ने निर्णय गरेको छ । संस्थाको विधानअनुसार कार्यसमितिको बैठकले २ जना सदस्य मनोनित गरिएको अध्यक्ष कोइरालाले जानकारी दिनुभयो ।

Leave a Reply