दुष्यन्त चौधरी
कलैया, १२ चैत्र । बाराको कोल्हवी नगरपालिकाका एक समाजसेवीले कोल्हवी नगरपालिकाको वडा नम्बर १० का हरेक घर घरमा मास वितरण गरेको छ । कोल्हवी नगरपालिकाको वडा नम्बर १० बेलवाका स्थानीय कमलबाबुु चौधरीले वडा नम्बर १० को हरेक घरघरमा बुधबार माक्स वितरण गरेका छन् । चौधरीले दुई हजार माक्स बितरण गरेका छन ।

बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट बच्नको लागि स्थानीय कमलबावु चौधरीले दुई हजार माक्स बितरण गरेको हो । चौधरीले माक्स वितरण गर्नुको साथै वडा नम्बर १० भित्र रहेको चोक चोकमा जनचेतना मुलक फ्लाक्स बोर्ड तथा गाउँ गाउँमा कोरोना भाइरसबाट बच्नको लागि सन्देश मुलक पर्चा टाँस गरेका थिए ।

 

 

 

यस अघि पनि चौधरी सामाजिक काममा निरन्तर लागि परेका व्यक्ति रहेको छ । चौधरीले बिरगंज स्थित रहेको मानव सेवा आश्रममा पनि विभिन्न समयमा खाना खुवाउने देखि लिएर सामाग्री वितरण जस्ता कार्यमा सामेल भएको थियो । कमल बाबुले आफ्नै पैसा खर्च गरेर आफ्ना गाउका दलित तथा अति नै कमजोर घर परिवारलाई विद्युतको मिटरका साथ साथै चिम पनि जडान गराइ दिएको हो ।

 

 

त्यसैगरी विभिन्न समयमा निशूल्क रुपमा खाना खुवाउने जस्ता सामाजिक कार्यमा निकै योगदान गरेको छ । चौधरीले आफ्नो खर्चमा बाराको फेटामा ट्रोनाडो आएको बेला पनि नारायणी उप क्षेत्रिय अस्पताल , नेशनल मेडिकल तथा भरवलियामा ६ दिन नि शूल्क रुपमा खाना खुवाएका थिए ।

 

 

चौधरीले कोल्हवी नगरपालिकाको वडा नम्बर १० मै रहेको अमाव महादेवको मन्दिरमा २५ किलोको घण्टा लगाएका छन् । चौधरीले हिन्दुहरुको महान चाड होलि पर्व २०७६ को बिशेष अवसरमा आफ्ना टोलका गरिब दलित र अति बिपन्न घर परिवारलाई मासु बितरण गरी तिनीहरुसँग होलिको शुभकामना आदानप्रदान गरेको थियो । स्थानीयबासीहरुका अनुसार चौधरी गाँउमा बसोबार गर्दैनन् । तर पनि गाँउको माया भने राख्ने गर्दछन् । चौधरीले पर्सा जिल्लाको बिरगंज स्थित बाइपास रोड बसपार्कमा होटल हिमाल एण्ड भन्सा घर संचालन गर्दै आएका छन् ।

 

 

 

 

 

 

 

तर चौधरीले कोल्हवी नगरपालिका मै माक्स वितरण गरिरह्दा पाँच जना भन्दा बढी व्यक्ति पनि सामेल नभई घर घरमा माक्स वितरण गरेका छन् । भने सोहि नगरपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष बासु चौधरीले प्र्रहरीलाई प्रयोेग गरी झुण्ड जम्मा गरी माक्स वितरण गरेको थियो । वडा अध्यक्षले महामारीबाठ बच्नको लागि माक्स वितरण गर्दा पनि कानुन विपरित भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक कृष्ण पंगेनीले जानकारी दिए ।

Leave a Reply