हुनत् अहिले निर्दलीय सरकार छ । यस्तो खालको सरकार लामो समय रहिरहनु देश र जनताका लागि नै हितकर हुदैन तर नेपालमा रहेका पुराना दलहरुको कमजोरीका कारण पनि सडकबाट सरकार बनाउनु पर्ने अवस्था सृजना भयो ।
मुख्यतः युवा पुस्ताको माग अनुसार नै नेपालमा अहिले पूर्वप्रधानन्यायधिस सुशीला कार्की नेतृत्वको सरकार बनेको हो । लगभग दुई तिहाइ भनिएको केपी शर्मा ओलीको सरकार सडकबाट नै ढालेर यो सरकार बनेको हुनाले यो सरकारबाट नागरिकहरुले धेरै आश गरेका छन् । हुनत् यो कामचलाऊ सरकार हो तैपनि राम्रो काम गर्नका लागि काम चलाऊ सरकारलाई कुनै रोकावाट छैन ।

सोमवार मन्त्री परिषदमा सहभागी केही मन्त्रीहरुको अनुहार हेर्दा देशका लागि आवश्यक पात्र छन् । विगतमा निकै राम्रो काम गरेका कुलमान, रामेश्वर जस्ता व्यक्तिहरु यो सरकारमा सहभागी भएका छन् । उनीहरुले केही निर्णय पनि गरेका छन् ।लामो समय कानुन व्यवसायमा नै रहेका व्यक्ति पनि मन्त्री भएकाले संभवतः देशमा केही नयाँ परिवर्तन हुने अनुमान गर्न सकिन्छ र केही नयाँ र राम्रा काम हुनु पनि पर्दछ ।

अब पनि यो वा त्यो बाहना भयो भने देश कहाँ पुग्छ यसै भन्न सकिन्न । समयमा चुनाव गराउने चुनौती छ छदै छ, देशमा सुशासन दिनु पर्ने चुनौती पनि छ । सबै दलको विश्वास लिएर यो सरकारले चुनाव गरेर दललाई नै सरकार छाड्नु पर्छ नै तर त्योभन्दा अगाडि रचनात्मक काम गर्नु नै पर्दछ । जनताले निकै आश गरेका व्यक्तिहरु सरकारमा भएकाले अब यही अनुसार काम होस्,जनताको चाहना यही हो ।

 

Leave a Reply