सिमरा,नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ को वडा अधिवेशन सोमबार लोसण्डामा सम्पन्न भएको छ ।

अधिवेशनले रामदेव रायभराको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी र शिवशंकर महतोको अध्यक्षतामा १५ सदस्यीय सल्लाहकार परिषद् गठन गरेको छ ।

अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश नम्बर २ का अध्यक्ष ज्वालाकुमारी साह, नेकपा एमालेका नेता तथा युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेल, नेकपा एमाले बाराका अध्यक्ष देवनारायण चौधरी, प्रदेश कमिटीका सदस्यहरु भुदेव चौधरी, अमृत शर्मा, एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेल, जिल्ला कमिटी सदस्य ताराबहादुर कार्की, एमाले बारा जिल्ला सल्लाहकार समितिकाका सदस्य भोला अधिकारी, पेसागत महासंघका बाराका अध्यक्ष दिनेश ठाकुरलगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष प्रभुनाथ चौधरी, नेकपा एमाले जीतपुरसिमरा वडा नम्बर १ का अध्यक्ष रविन्द्र खकुरेल, वडा नम्बर ३ का अध्यक्ष शुक्र श्रेष्ठ, नेकपा एमालेका युवा नेता सुनिल गुप्ता, रमेश पौडेल, मनोज साह, मोजाहिर अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम रालगन रायभरको सभापतित्वमा र छोटेलाल चौधरीको सहजीकरणमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here