राजनीतिमा सबै कुरा जायज र संभव हुन्छन् भनेर नेपालमा केही उदाहरणहरु दिन खोजेको जस्तो देखिन्छ । स्वार्थका लागि नै भएपनि आपसमा मिलाप हुनु भनेको चैं सकारात्मक कुरा हो तर फरक धारमा रहेका व्यक्तिहरुको मिलाप हुुँदा बीचमा रहेका व्यक्ति र पार्टीको भने अवस्था नाजुक हुदो रहेछ । दुई वर्षअगाडि नेकपा विभाजन भएपनि माओवादीका अध्यक्ष प्रचण्डको पछि लागेको नेकपा समाजवादी पार्टी भने अहिले निकै अप्ठेरोमा छ ।संगै रहेका व्यक्ति प्रचण्ड आफ्ना पुराना मित्र तथा नयाँ शत्रु भनिएका केपी ओलीसंग मिले पनि नेकपा समाजवादी र त्यसका अध्यक्ष माधव नेपालको अवस्था अहिले घर न घाटको भएको हो । माधव नेपालले सोचे जस्तो एमाले कमजोर नभएपछि राजनीतिक रुपमा उनलाई निकै ठूलो क्षति भएको हो यद्यपि यसमा पनि मिलाउने कार्य त जारी नै छ ।तर, राजनीतिक रुपमा भने माधव नेपाल र उनको पार्टीलाई प्रचण्ड र ओलीको पछिल्लो सहकार्यले निकै समस्या बनाइ दिएको छ । प्रचण्डको सरकारमा गइहाल्ने अवस्था पनि छैन र एमालेसंग मिल्ने अवस्था पनि छैन । कांग्रेससंग पछि लागेर अर्थ नै छैन भने माओवादीले एक प्रकारले धोका दिएको अवस्थामा र चुनावमा पनि राष्ट्रिय पार्टी बन्न नसकेका कारण आजको दिनमा यो पार्टी घर न घाटको अवस्थामा छ ।

 

Leave a Reply