गत पुस १० गते प्रधानमन्त्रीको पदमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) चयन भइरहदा त्यत्तिबेलाको राजनीतिक माहौल फरक थियो । प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित भएको अब भदौ १० गते आठ महिना हुदैछ । आठ महिनाको यो अवधिमा धेरै परिवर्तन भएका छन् तर सरकारको नेतृत्वमा भने प्रचण्ड नै रहनु भएको छ । प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएको केही समयपछि नेपालका केही चर्चित काण्डहरुको फाइल खोल्ने काम भयो ।नागरिकहरुले प्रचण्डले राम्रै काम पनि गरेको ठाने । तर पछिल्लो समय प्रचण्डको कामप्रति विश्वास र उनलाई धन्यवाद दिनुभन्दा पनि उनलाई खबरदारी गर्न आवश्यक देखिन थालेको छ ।मुख्य त तीनवटा काण्डको फाइल खोल्नु भएका प्रचण्डले तीन वटै काण्डलाई बीचमै छाडेर फाइल बन्द गर्ने संभावना बढेको छ । शरणार्थी प्रकरणमा आरजु राणा र मन्जु खाँणलाई उन्ुमक्ति दिनु, ललितनिवास काण्डमा माधव नेपाल र बावुराम भट्टराईसंग नाममात्रको बयान लिनु र सुनकाण्डमा महरा बावुछोरालाई जेगाउनुले प्रचण्डको भ्रष्टाचार विरोधी कथित ‘मिसन हात्ती आयो । फुस्सा ।’ जस्तो भएको छ ।प्रचण्डले अब भ्रष्टचारका लागि खोलिएका अन्य फाइलहरु प्नि बन्द गर्ने संभावना पनि बढेको छ । प्रचण्डले सत्तास्वार्थमा नै यी सबै घटनाको अनुसन्धान अघि बढाउन नचाहेका हुन । यो वा त्यो कारणले प्रचण्डले भ्रष्टचारको फाइल बन्द गर्ने संभावना बलियो रहेको कुरामा केही सत्तारुढ दलका नेताहरु नै आशंका गर्न थालेका छन् । यसरी सत्ता तः भ्रष्टचारको फाइल बन्द हुँदा फेरि भ्रष्टचारीहरुले उन्मुक्ति पाउने चैं निश्चित छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here